मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द

मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुर्ने भएको छ ।

जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।

उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ । साथै यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमाप्राथी रहेको छ ।