प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति र शपथ आजै

प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति र शपथ आजै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्को सुनुवाइ समितिबाट अनुमोदन भएका प्रस्तावित प्रधानन्याायधीश डा. मनोजकुमार शर्माको नियुक्ति र शपथ आज मंगलबारै हुने भएको छ ।

मंगलबार दिउँसो समितिबाट अनुमोदन भएका शर्माले मंगलबार साँझ ६ बजे शपथ लिने भएका छन् ।

शपथको कार्यक्रम राष्ट्रपति कार्यालय शीतलनिवासमा तय भएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

शपथ ग्रहणपछि उनले आजै कार्यभार सम्हाल्नेछन् । संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । प्रतिपक्षी दलका सांसदहरूले हतारोमा सुनुवाइ गर्न नहुने भनेर मंगलबार बिहान थप समयको माग गरेका थिए ।

सुनुवाइको क्रममा १६ जनाको उजुरी पढ्ने, उजुरीकर्ताका कुरा सुन्ने, प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना सुन्ने र प्रश्नोत्तरको कार्यसूची मंगलबारै पूरा गरिएको थियो ।