क्रियाशील पत्रकारिता पुरस्कारबाट मनोज जोशी सम्मानित


काठमाण्डु –  पत्रकार मनोज जोशी प्रेस काउन्सिल नेपालको क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित काउन्सीलको ५३ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा राष्ट्रपति बिधादेवी भण्डारीले जोशीलाई उक्त पुरस्कारबाट सम्मान गरेकी हुन् ।

काउन्सिलको भदौ ३१ गते बसेको बैठकले जोशीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको थियो । दुई दशक देखि पत्रकारिता गरिरहेका जोशीले नेपालका प्रमुख टेलिभिजनहरुमा काम गरिसकेका छन् ।

हाल उनी एपीवान टेलिभिजनमा समाचार बाचन, संकलन र अन्तरवार्ताकारका रुपमा कार्यरत छन् । उनले विशेष गरी सुरक्षा र रक्षा बिटमा समाचार संकलन गर्दै आएका छन् । यसका अतिरिक्त उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement