‘नेपोबेबी’ को आरोपबारे शर्माको जवाफः नाताभित्रको मान्छेले नियुक्ति लिनु हुँदैन भन्ने छैन

‘नेपोबेबी’ को आरोपबारे शर्माको जवाफः नाताभित्रको मान्छेले नियुक्ति लिनु हुँदैन भन्ने छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूमाथि लागेको ‘नेपोबेबी’ भन्ने आरोपको जवाफ दिएका छन

संसदीय सुनुवाई विशेष समितिमा सांसदहरु र उजुरीकर्ताका प्रश्नको जवाफ दिने क्रममा मंगलबार उनले कसैको नाताभित्रको मानिस हुँदैमा जिम्मेवारी लिनु हुँदैन भन्ने तर्कमा सहमत नभएको बताए ।

‘कसैको पारिवारिक नाताभित्रको हुँदैमा नियुक्ति पाउनु हुँदैन भन्ने कुरा ठीक छैन’, शर्माले भने ।
उनले आफु कसैसँग नाता परेका कारण नभई क्षमता र योग्यताकै आधारमा प्रधानन्यायाधीशको जिम्मेवारी लिने अवस्थामा आइपुगेको दाबी गरे ।


शर्मा पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका सहोदर भतिजा भएको भन्दै ‘नेपोबेबी’ को आरोप लागेको थियो ।