पर्यटनमन्त्री अधिकारी भन्छन्-बीस वर्षभित्र पर्यटन क्षेत्र आर्थिक विकासको प्रमुख आधार बन्छ


काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्षभित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना अघि सारेका छन् ।

सोमबार राजधानीमामा आयोजित नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको उल्लेख गर्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई पनि आग्रह गरे । मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए ।

उनले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको उल्लेख गर्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई पनि आग्रह गरे । मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागिएको पनि बताए । पर्यटन क्षेत्रको विकासको लागि पूर्वाधारको अवस्थामा सुधार ल्याउन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई सरकारले अघि बढाएको समेत उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन क्षेत्रको दीगो विकासमा जोड दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement