जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई छैन् : कृषीमन्त्री खनाल


काठमाडौं – उपोभोत्ताको स्वास्थ्यलाई खेलवाड गदैै अखाद्य बस्तुको मिलावट भइरहेको जनगुनाशो आइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ आफैले विभागको अनुगमन गरेका छन् ।

कृषी मन्त्रालय मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको प्रयोगशालाको मंगलबार अनुगमन गरेका हुन् । मन्त्री खनालले भने अनुगमनले तिब्रता नपाएको तथा मिसावटको काम जारी रहेको गुनासो आएपछि मन्त्री खनाल विभागले गरिरहेको काम र प्रयोगशालाको अनुगमन गरेको बताए ।

 

अनुगमनका क्रममा नेपालको प्रविधि उच्च स्तरको भएपनि त्यही अनुरुपको काम हुन नसकेको भनाइ राखे । ‘ल्याव बिग्रेको छ भने बिग्रेको भन्नुस्, बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस्, सबै छ गर्न सकिएन भने त्यो पनि भन्नुस्, तर जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई छैन । खनालले भने, तपाईहरु त्यही अनुसार काम गर्न निर्देशन दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement