कलंकी मालपोत कार्यालयको अनुगमनमा पुगे मन्त्री खनाल


काठमाडौं- आइतबार कलंकीस्थित मालपोत कार्यालयमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल अनुगमनमा पुगेका छन् ।

मालपोत कार्यालयहरुमा सेवाग्राहीले सास्ती भोग्नु परेको, कमिसन बिना कार्य गर्न असहज भएको लगायतका गुनासो बढेपछि बुधबार बिहान मन्त्री खनाल अनुगमनका लागि त्यहां पुगेका हुन् ।

यो क्रममा मन्त्री खनालले मालपोतमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफू गम्भीर भएर लागिपर्ने समेत बताए । मन्त्री खनालसँग सेवाग्राहीहरुले भने मालपोतमा सहज ढंगले काम नहुने गरेको भन्दै दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको गुनासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement