भू-उपयोग नीति ल्याउने तयारी भर्इरहेकाे छ : मन्त्री खनाल


चितवन- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताएका छन् ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले  अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताएका हुन् ।

मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेको भन्दै जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको र यसलाई रोक्नका लागि भू उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको बताए ।

‘कृषियोग्य जमिनको खण्डीकरण डरलाग्दो अवस्थामा छ, यसलाई रोक्नुपर्छ, यसका लागि सरकार लागिरहेको छ ।’ उनले भने । डिप, पुराना पानीका स्रोतको व्यवस्थापन र पानी पोखरीको व्यवस्थापन लगायतका काम गर्नसके खेतीयोग्य जमिनमा सिँचाइको समस्या हुदैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement