नेपालको उर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह


काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । उनले नेपालमा स्थायित्व र विकासको युग शुरु भएकाले नेपालमा विश्व बैंक लगायतका धेरै विदेशी संघ संस्थाले जलविद्युतमा लगानी गरिरहेको बताउदै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

फ्रान्समा जारी विश्व जलविद्युत सम्मेलन (वर्ल्ड हाइड्रोपावर कंग्रेस)लाई नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘नेपाल सरकारले ‘समृद्धि नेपाल सुखी नेपाली’को नारा अघि सारेर आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्न लागेको छ । नेपालमा हामीले नयाँ संविधानको साथमा संघीय, प्राविधिक र स्थानीय स्तरमा सरकार गठन गर्ने एक सक्षम राजनीतिक वातावरण सिर्जना गरेका छौं । हामीले औद्योगिकीकरणमा हाम्रो फोकस दिएका छौं, प्राकृतिक स्रोतको प्रयोग र हाम्रो राष्ट्रको समग्र आर्थिक विकासको लागि पूर्वाधार विकासको उपयोग गरेका छौ ।’

उनले विशेष आर्थिक क्षेत्र, बिजुली प्रवर्द्धन, बिजुली चार्जिङ स्टेशनहरूको बनाउने लक्ष्यमा रहेको र त्यसका सरकारले विभिन्न कर छुट मार्फत नीजि क्षेलाई पनि आकर्षण गर्न लागेको बताएका थिए । उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत् विकासमा उल्लेख्य सुधार भएको उल्लेख गरे । उनले भारतसँग विद्युत् व्यापार सम्झौता पिटिए भइसकेको जानकारी दिँदै अब बंगलादेश र चीनसँग सो सम्झौता हुने जानकारी गराएका थिए ।

मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्दै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको जानकारी गराएका थिए । उनले आगामी केही बर्षभित्रै ९० प्रतिशत जनताले विजुलीको उपयोग गर्न पाउन र त्यसका लागि सरकारले उज्यालो नेपालको अवधारण अघि सारेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement