ऊर्जामन्त्री पुन भन्छन् -माथिल्लो तामाकोसीबाट उत्पादन भएको ऊर्जाले संकट समाधान हुन्छ


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले विद्युतीय उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले चालू आर्थिक वर्ष भित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने स्पष्ट पारे ।

उनले भारतसँग सरकारले गत वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको, यस वर्षको हालसम्म १० करोड विद्युत बिक्री गरेको उल्लेख गर्दै त्यो क्रम बढाउँदै लैजाने योजना पनि अघि सारे । नेपाल–भारतबीच विद्युत आदानप्रदान सम्बन्धि सम्झौंता नै गरेर सरकारले आफ्नो कामलाई अघि बढाएको मन्त्री पुनको भनाई छ ।

मन्त्री पुनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको पनि स्मरण गराए । कार्यक्रममा बोल्दै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्टहरुलाई व्यवसायिक बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement