नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुको सपथ आज ११ बजे हुने


काठमाडौं-  नवनियुक्त मन्त्रीहरुको सपथ आज हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार ६ जना मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गर्दै ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपति कार्यालयले बिहिवार दिउंसो ११ बजे नवनियुक्त मन्त्रीहरुलाई सपथ गराउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयले बुधबार सांझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार नै बसन्त नेम्वाङ, घनश्याम भुसाल,हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् ।नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भुसाल कृषिमन्त्री, त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङ महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।

यस्तै मोती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको जिम्मेवारी पनि हेरफेर गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement