मन्त्री सिंहको निधनमा आज सुदूरपश्चिममा शोक बिदा


धनगढी – सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिईएको छ । सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक बिदा दिएको हो ।

मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सुचना अधिकारीले जानकारी दिए । उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत भएको छ ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुदाँ मन्त्री सिंहसहित उनको धर्मपत्नी, भाउजुलगायतको निधन भएको थियो ।

सो दुर्घटनामा परी मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते मन्त्री सिंहको भने कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सुदूरपश्चिम सरकारले आज विहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभासमेत राखेको छ । त्यस लगत्तै उनकाे शव गृह जिल्ला बझाङ लगिने र उतै अन्त्यष्टी गरिने भएकाे छ।

प्रतिक्रिया दिनुहोस
Advertisement