प्रदेशमन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित


काठमाण्डु – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेकाे छ ।

प्रदेश सांसदको निधनमा प्रतिनिधिसभामा पहिलो पटक शोक प्रस्ताव पारित गर्न लागिएको हो । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका सदस्य सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु भएको हो।

शोक पारित गरेपछि आधा घण्टाका लागि संसद बैठक स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार गाडी दुर्घटनामा निधन भएको थियो । उनको शोकमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement