प्रचण्ड माअाेलाइ सम्झेर भावुक बने


काठमाडाैं– चीनको भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड आइतबार साँझ येनानमा माओत्सेतुङका ऐतिहासिक स्थलहरुको अवलोकनपछि भावुक बनेका छन् । अध्यक्ष प्रचण्ड माअाेले ठूला ठूला पहाड खाेलेर बनाएका घरहरू देखेर भावुक बनेका छन् । अध्यक्ष प्रचण्डले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको अवलोकन गरेका थिए । 

अध्यक्ष प्रचण्डले आइतवार साँझ चीनको सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङगसँग भने- ‘धेरैपटक चीनको भ्रमण गरे पनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने सन्दर्भ नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ ।’ उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको जनयुद्धकै जगमा गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताएका छन् । 

आइतबार बिहान अध्यक्ष प्रचण्ड ग्वान्जाओबाट सान्सी प्रान्तका लागि प्रस्थान गरेका थिए । उक्त सहर विश्वकै ठूलो मोटरसाइकल फ्याक्ट्रीका लागि प्रसिद्ध छ । सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष प्रचण्डको स्वागत गरेका थिए । उनले मोटरसाइकल, मोटर र सूचना प्रविधि सम्बन्धी उद्योगहरुको अवलोकन गरेका थिए ।

चारदिने चीन भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरे । अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरेका हुन् । उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement