माअ‍ोवादी केन्द्रले चार जना मन्त्रीलाई सांसदबाट हटायो, बादल किन जोगिए ?


काठमाण्डु – माओवादी केन्द्रले नेकपा एमालेमा गएका चार जना नेतालाई सांसदबाट निलम्बन गरेको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका चार जना प्रतिनिधिसभा सदस्यलाई सांसदबाट निलम्बन गरेको हो ।

माओवादी केन्द्रले चार जना सांसदलाई कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गराएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

पार्टीले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरेको हो ।

ओली सरकारमा रहेका उर्जामन्त्री रायमाझी, आपूर्तिमन्त्री भट्ट, सहरी विकासमन्त्री साह र श्रममन्त्री चौधरीलाई फिर्ता बोलाउँदै पार्टीले स्पष्टिकरणसमेत सोधेको थियो ।

उनीहरुले आफूहरुको सांसद पद गए पनि एमाले नछोड्ने अडान लिए पनि स्पष्टिकरणको जवाफ भने दिएनन् । माअ‍ोवादी केन्द्रबाट मणि थापा र दावा लामा पनि मन्त्री छन् ।

माओवादी केन्द्रले राष्ट्रिसभा सदस्य गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको छैन् । उनलाई कारबाही गरेको पत्र केहीदिनपछि मात्रै पेश गर्ने माओवादी केन्द्रको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement