केन्द्रीय समिति बैठक समापनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


काठमाण्डु- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि पदाधिकारी बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको छ । साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी छ । बुधवारबाट जारी केन्द्रीय समितिको बैठक आज टुंगाउने माओवादीको तयारी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement