माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर, कसले कुन जिम्मेवारी पाए ?


काठमाण्डु- नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको पदाधिकारी बैठकले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ । त्यस्तै अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रचार प्रसारको जिम्मेवारी पाएका छन् । यता पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ ।

उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले गैरप्रदेश हेर्ने जिम्मा पाएका छन् । सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement