परशुराममा माओवादीको बदमासीः नियम विपरित विद्यालयमा खुलेआम पार्टीको कार्यक्रम!


टक खाती, काठमाण्डु-  डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रले विद्यालयमा खुलेआम पार्टीको कार्यक्रम गरेको छ । संगठन विस्तारका लागि तीन महिने अभियान अन्तर्गत माओवादी केन्द्रले परशुराम-३ मा रहेको श्री भागेश्वर माध्यमिक विदयालयमा खुलेआम पार्टीको कार्यक्रम गरेको हो ।

नियम विपरित विद्यालयमा कार्यक्रम गरेपछि परशुराम नगरपालिकाले उक्त विद्यालयका प्रध्यानाध्यापकलाई के कति कारणले पार्टीलाई कार्यक्रम गर्न दिएको हो ? भन्दै स्पष्टिकरण सोधेको छ । तिन दिनभित्र जवाफ दिन परशुराम नगरपालिकाले पत्राचार गरेको छ । माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल डायमन्डको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो ।

परशुरामका १२ वटै वडामा रहेका विद्यालयमा राजनीतिक गतीविधिमासमेत नगरपालिकाले बन्देज लगाएको छ । राजनीतिक गतिविधिका कारण विद्यालयको शैक्षिक वातावरणमा प्रभाव परेको भन्दै आगामी आर्थिक बर्ष २०८०-०८१ को नीति कार्यक्रम तथा मार्फत विद्यालय शान्ति क्षेत्रको अवधारणालाई मूर्तरूप दिइने नीति लिएको नगरपालिकाका प्रमुख भरत बडायर जोशीले जानकारी दिएका थिए ।

सामुदायिक विद्यालयहरूमा राजनीतिक गतिविधि, बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने खालका क्रियाकलापसँगै राजनीतिक दलका भातृसंस्था गठन कार्यलाई समेत निषेध गरिने उनले बताएका थिए । तर, माओवादी केन्द्रले भने भदौ १४ गते नगरपालिकाको नियम विपरित खुलेआम मनपरी हिसाबले विद्यालयमा पार्टीको कार्यक्रम सञ्चालन गरेको हो ।

यो पनि पढ्नुहोस्, परशुराम नगरपालिकामा पनि घर-घरमा माओवादी पुग्दैँ

यो पनि पढ्नुहोस्, परशुराममा डायमन्डको दादागिरीः कर्मचारीमाथि दुर्व्यवहार, दोषजति मेयरलाई!

प्रतिक्रिया दिनुहोस
Advertisement