सरकारलाई माओवादी केन्द्रको समर्थन यथावत


काठमाण्डु – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत राखेको छ ।

मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले अर्को सरकार बन्ने अवस्था नरहेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन । औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने छ,’ उनले भने, ‘हामी यो सरकार हटाएर अर्को सरकार बनाउन चाहान्छौं ।’

बैठकले संसद् अधिवेशन अन्त्य गर्ने कार्य अलोकतान्तिक, निरंकुश र स्वच्छचारी कदम रहेको निष्कर्ष निकालेको छ ।  अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement