माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो


काठमाण्डु – माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सरकारले विशेष अधिवेशन बोलाउनुको उद्देश्य राम्रो नदेखिएको भन्दै त्यसमा सवैको ध्यान जान जरुरी रहेको निष्कर्ष निकालेको छ ।

साथै लुम्बिनीको सरकार गठन प्रक्रिया अलोकतान्त्रिक रहेको र प्रदेश सरकार घोषणा गर्ने निर्णय अवैधानिक रहेको माओवादी केन्द्रको ठहर छ । बैठकले गण्डकी र कर्णाली प्रदेशका प्रदेश प्रमुखको बर्खास्ती संविधानविपरित भएको निष्कर्ष निकालेको छ ।

बैठकले देशलाई प्रतिगमनतिर लान खोजेको भन्दै संविधान र लोकतन्त्रको रक्षाको लागी सम्पुर्णमा सचेत र एकतावद्ध रहन अपिल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement