काठमाण्डु- नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ नामको यो अभियान जेठ २ गतेदेखि सुरु हुँदैछ ।
अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनबाट सुरु हुनेछ । अभियान जेठभरि चल्नेछ ।
मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले १–१ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने छ । कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने गरिनेछ ।
महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको हो ।
यस्तो छ तालिका
जेठ १ गते बेलुका डडेलधुरा
जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद
जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद
जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा
जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद
जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा
जेठ ८ गते बागलुङ जनसंवाद
जेठ ९ गते पर्वत कुस्मा जनसंवाद
जेठ १० गते कास्कीको पोखरामा जनसभा
प्रतिक्रिया