के छ पूर्वमाओवादी नेताहरुले निर्वाचन आयोगममा हालेको उजुरीमा ? (पूर्णपाठ)

के छ पूर्वमाओवादी नेताहरुले निर्वाचन आयोगममा हालेको उजुरीमा ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजीको माग गर्दै अधिवक्ता सरोज बुढाथोकीमार्फत निवेदन दर्ता गराएका हुन् ।

माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन् । सर्वोच्च अदालतले नेपाल कम्युनियट पार्टी (नेकपा) खारेज गरेँसगै ब्यूतिएको एमालेमा प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रले पार्टीबाट हटाएको थियो ।

उनीहरुले २०६९ सालमा महाधिवशेन भएपश्चात् पार्टीको महाधिवेशन नभएकाले माओवादीले वैधानिकता गुमाएको निवेदनमा उल्लेख गरेका छन् । महाधिवेशन नगराई आजीवन अध्यक्ष रहने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रपञ्च रहेको भन्दै संविधानअनुसार उक्त दल खारेज गर्न माग गरिएको छ ।

‘संविधानअनुसार महाधिवेशन नगराई आजीवन अध्यक्ष रहिरहने र विभिन्न प्रपञ्च रची संविधान र सम्बन्धित कानुन बर्खिलाप गर्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष अवैधानिक भइसकेका छन् र नेपालको संविधानको भाग–२९ को २०६९ को (४) (ख)को व्यवस्थाअनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र पनि अवैधानिक भएकोले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को १३ (१) अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को दल दर्ता कायम नरहने स्थिति रहन्छ । यी तथ्यहरु हेर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रले वैधानिकता गुमाइसकेको हुनाले सो दल नेपालको संविधान एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम खारेज गरिदिनुहुन अनुरोध गर्दछु,’ आयोगमा बुझाइएको निवेदनमा भनिएको छ ।