माओवादीमा प्रधानमन्त्री र मन्त्रीले आफन्त स्वकीय सचिव राखेकोमा विरोध, हटाउन नेताहरुको माग


काठमाण्डु -माओवादीमा नेता र मन्त्रीहरुले आफन्तलाई स्वकीय सचिव राखेकोमा नेताहरुले विरोध जनाएका छन् । बुधबारबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुले धारणा राख्दै नेताहरुले गोप्य डिलिङका लागि आफन्त र नातेदारलाई स्वकीय सचिव राख्ने गरेको आरोप लगाए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि धारणा राख्दै माओवादी केन्द्रीय सदस्य लक्ष्मण पन्तले नेतृत्वको आलोचना गरेका हुन । उनले सरकारमा गएका नेताहरुलाई गोप्य डिलिङमा सजिलो हुने भएकाले आफन्तलाई पिए नियुक्त गरेको दावी गरे ।

पन्तले भने ‘प्रधानमन्त्रीको पिए दाहाल हुनु र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पिए सुरेशकाजी श्रेष्ठ हुनु संयोग मात्र हैन । यो बैठकले पारिवारिक सदस्यलाई पिएबाट हटाउने निर्णय गर्नुपर्छ ।’

माओवादी अध्यक्ष दाहालले स्वकिय सचिवमा छोरी गंगा दाहाललाई नियुक्त गरेका छन् । उनका अर्का नातेदार वुद्धि जिसी जनसम्पर्क सल्लाहकार र सालाकी श्रीमती सावित्री अधिकारी स्वकिय सचिव छिन् ।

त्यसैगरी गृहमन्त्री श्रेष्ठले पिएमा भतिजा सुरेशकाजी श्रेष्ठ र उर्जामन्त्री शक्ति बस्नेतले समेत पिएमा भतिज मुक्ति बस्नेतलाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement