माओवादीको सुझाव : संविधान संशोधनका नाममा मूल मर्मलाई असर गर्ने काम गर्नु हुँदैन

माओवादीको सुझाव : संविधान संशोधनका नाममा मूल मर्मलाई असर गर्ने काम गर्नु हुँदैन


काठमाण्डु – नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तीले संविधान संशोधनका नाममा मूल मर्मलाई असर गर्ने काम गर्न नहुने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तीले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाएर संविधान संशोधन गर्ने सहमति भएकोप्रति लक्षित गर्दै राजनीतिक परिर्वतनसँगै चिन्तनमा रहेको सामन्ती संस्कारलाई संशोधन गरे मात्रै देशले समृद्धिको खाका कोर्न सक्ने बताए ।

कांग्रेस–एमालेको समीकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको उनले बताए । यसअघि स्थायित्वको नाममा संविधान विघटन भएको भन्दै उनले अब बन्ने सरकारले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताए ।

राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्ने भनिए तापनि संविधानभन्दा पनि दलका नेताहरूको प्रवृत्तिमा सुधार गर्नुपर्ने उनले बताए ।

संसदीय प्रणालीमा सरकार र कुर्सी फेरबदल हुनु स्वाभाविक रहेको भन्दै उनले दलहरूका क्रियाकलाप देशको हितमा छ वा छैन भन्ने महत्त्वपूर्ण रहेको उनले बताए ।