भाजपाको निमन्त्रणामा माओवादी केन्द्रका नेता आज भारत भ्रमणमा जाँदै


काठमाण्डु-  माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा माओवादी केन्द्रका नेताहरु आज भारत भ्रमणमा जाने भएका छन् । भारतको सत्तारुढ दल भाजपाको निमन्त्रणामा भुसाल नेतृत्वको टोली ६ दिने भारत भ्रमणका लागि आज नयां दिल्ली जान लागेका हुन् ।

पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत,वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन्। टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यद्वय रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

भारतीय जनता पार्टीले ‘भाजपालाई ‘भाजपालाई चिन्नुस’ अभियान सञ्चालन गरिरहेको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले पार्टीको ४२ औं स्थापना दिवसको अवसर पारेर विश्वभरबाट विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरेका छन् । नेपालबाट भने सत्तारुढ माओवादी केन्द्रका नेताहरुलाई मात्र आमन्त्रण गरिएको हो ।

माओवादी केन्द्र र भाजपाको सम्बन्ध पछिल्लो समय सुमधुर बन्दै गएको जानकारहरु बताउंछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल २०७९ मा भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा भारत भ्रमणमा गएका थिए । उनलाई भाजपाको मुख्यालयलमा भव्य स्वागत गरिएको थियो ।

भाजपाले हिन्दू धर्मको मुद्दालाई राजनीतिक एजेण्डा बनाउंदै आएको छ । उसका कतिपय नेताहरुले नेपाल हिन्दु राज्य हुनुपर्ने अभिव्यक्ति समेत दिंदै आएका छन् । पछिल्लो समयमा माओवादी केन्द्रका नेताहरु भारत र चीन भ्रमणमा व्यस्त रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement