माओवादी केन्द्रमा प्रदेश इन्चार्जहरु फेरिए


काठमाडा– माओवादी केन्द्रको शनिबार बसेको केन्द्रिय कार्यालय बैठकले प्रदशे इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरेफेर गर्ने निर्णग गरेको हो ।

हेडक्वार्टरको निर्णय अनुसार प्रदेश १ को जिम्मेवारी राम कार्कीलाई दिइएको छ। त्यस्तै, प्रदेश २ को इन्चार्जमा विश्वनाथ साह, प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश ५ मा मणि थापा, प्रदेश ६ मा जनार्दन शर्मा र प्रदेश ७ को इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ।

यसअघि, प्रदेश १ मा गोपाल किराँती, प्रदेश २ मा मात्रिका यादव, प्रदेश ४ मा देव गुरुङ, प्रदेश ५ मा वर्षमान पुन र प्रदेश ६ मा शक्ति बस्नेत इन्चार्जको जिम्मेवारीमा थिए। प्रदेश ३ र ७ मा भने यसअघि पनि शाक्य र भट्ट नै इन्चार्ज थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement