माओवादी केन्द्रको कार्यालय बैठक प्रचण्ड निवास खुमलटारमा जारी


काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्दिय्र कार्यालय बैठक शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा चलिरहेको छ । एमालेसँग गर्ने भनिएको पार्टी एकताका विषयमा छलफल गर्न कार्यालय बैठक बसेको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा पार्टी एकताको खाका तय गर्न गठित दुईवटा कार्यदलले दोस्रोपटक थप गरिएको समय पनि गुजारेको छ । दुवै पार्टीका कार्यदल सदस्यहरू नै मन्त्री बनेपछि एकता खाका तय गर्ने काम छाडेर मन्त्रालयको जिम्मेवारीमा व्यस्त बनेसँगै एकता प्रक्रियाअन्तर्गत राजनीतिक तथा सांगठनिक प्रतिवेदनको मस्यौदा तय गर्ने काम प्रभावित बनेको हो ।

एमाले–माओवादी केन्द्रबीच सरकार गठनपछि एकताका विषयमा शीर्ष नेतृत्वबीच छलफल हुन सकेको छैन । कार्यदलका ११ सदस्यमध्ये सात जना मन्त्री बनेका छन् । कार्यालय बैठकपछि आजै दाहाल र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीबीच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement