माओवादीको केन्द्रीय कमिटी बैठक १ बजेदेखि,अध्यक्ष प्रचण्डले जवाफ दिँदै


काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

गत बुधवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ-आफनो धारणा राखिसकेका छन् ।

शनिबारको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ-आफनो धारणा राखेका थिए । पाँच दिनका लागि तय भएको केन्द्रीय कमिटी बैठकको आज अन्तिम दिन हो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement