सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ : देव गुरुङ


काठमाण्डु – नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले सरकार गठनको विषयमा गठबन्धन दलसँग छलफल गरेर अगाडि बढ्ने प्रष्ट पारेका हुन्।

‘संविधान निर्माणदेखि अहिलेसम्मको कुरा हेर्दा सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ, त्यो दाबी रहन्छ नै,’ उनले भने, ‘तर अहिले एक्लै सरकार बन्ने अवस्था छैन, त्रिशंकु संसद् छ । यस्तोमा दलहरूको सहमति कहाँनेर हुन्छ, त्यसमा भर पर्छ, अहिले हामी गठबन्धनमा त्यही विषयमा छलफलमा जुट्दैछौं ।’

उनले अहिले पार्टीभित्र सरकार गठनको विषय छलफलमा प्रवेश नै नभएको दाबी गरे । ‘यो विषय उठेको छ । तर, उल्लेखनीयरुपमा विषय प्रवेश भएको छैन । उनले समग्र चुनावी समीक्षा र सरकार निर्माणका सवालमा सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement