तीन पोलिट ब्यूरो सदस्यसहित चार बागी उम्मेदवार माओवादी केन्द्रबाट निस्कासित, अरु को को परे कारबाहीमा?


काठमाडौं– नेकपा (माओवादी) केन्द्रले चार बागी उम्मेदवारसहित १० नेतालाई पार्टीबाट निस्काशन गरेको छ।

 

 

 

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएको भन्दै माओवादीले तीन जना पोलिट व्यूरो सदस्य, एक प्रदेश सदस्य र अन्य ६ जनालाई कारबाही गरेको हो।

 

 

 

वाम तालमेलअनुसार निर्वाचन क्षेत्र बाँडफाँडमा भएका निर्णय र पार्टीले तोकेको उम्मेदवारको विरुद्धमा सल्यान र हुम्ला जिल्लामा बागी उम्मेदवारी दिने तथा प्रस्ताव र समर्थक बस्नेहरुलाई पार्टीको सदस्यतासमेत नरहने गरी अनुशासनको कारबाही गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

 

 

 

कारबाहीमा पर्ने उम्मेदवारमा उमाकान्त शर्मा, छक्कबहादुर लामा, भीमप्रकाश शर्मा र जितबहादुर पुन रहेका छन् ।

 

 

यस्तै उम्मेदवारको प्रस्ताव र समर्थक बसेको आरोपमा कारबाहीमा पर्नेमा प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीराम ओली, हरिलाल डिसी, टंक ढकाल र किर्तिबहादुर राना रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
Advertisement