कालोबजारीविरुद्ध प्रहरीको अपरेसनः सानोभर्‍याङबाट १० लाख मास्क बरामद


काठमाडौं – काठमाडौंको सानोभर्‍याङबाट प्रहरीले १० लाख थान मास्कसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्‍चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो ।

पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको छ । यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement