मातातीर्थमा भक्तजनको घुइँचो (तस्बिरहरू)

मातातीर्थमा भक्तजनको घुइँचो (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन मनाइँदैछ ।

यस अवसरमा काठमाण्डुको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने, तर्पण दिने र आमाको सम्झनामा पूजा गर्ने भक्तजनहरूको बाक्लो भीड लागेको छ ।

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ। हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ।