अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक हुँदै


काठमाण्डु – नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । अपराह्न ४ बजे गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।

शुक्रबार बिहान नै सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गर्ने तय भएको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए ।  उनका अनुसार मौद्रिक नीति सार्वजनिकका लागि लाइभ (प्रत्यक्ष प्रशारण) को व्यवस्था गरिएको छ ।

विभिन्न टेलिभिजनमार्फत र बैंकको आधिकारिक वेबसाइट पोटलबाट समेत प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको उनको भनाइ छ । त्यस्तै मौद्रिक नीति सार्वजनिक भएपश्चात् भर्चुअल माध्यममार्फत साँझ ५ बजे पत्रकार सम्मेलन समेत गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement