काठमाण्डु- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै, अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि केही प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी ठाउँमा मौसम सफादेखि आंशिक बदली रहनेछ।
सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। बाँकी ठाउँका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ। मधेस प्रदेशका केही ठाउँमा हुरीबतासको सम्भावना छ।
राति पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी ठाउँमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक(दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। यी प्रदेशका हिमाली क्षेत्रका एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
प्रतिक्रिया