काठमाण्डु – देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ। चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपासमा छ। पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक रहेको विभागले जानकारी दिएको छ।




प्रतिक्रिया