काठमाण्डु – देशका केही भूभागमा शुक्रबार भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहँदा भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
ठूलो वर्षा हुने क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
राति वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।
मधेस प्रदेश तथा कोसी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका केही स्थानमा तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागले काठमाण्डु उपत्यकामा पनि वर्षाको सम्भावना रहेको जनाएको छ । शुक्रबार दिउँसो र राति उपत्यकामा वर्षाको पूर्वानुमान विभागले गरेको छ ।




प्रतिक्रिया