आज देशभर हावाहुरी र चट्याङसहित पानी पर्ने


काठमाडौं – आज (बिहीबार) देशका धेरैजसो भूभागमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणालीको कारण काठमाडौमा पानी परेको हो ।

बिहिबार पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

बुधबार राति काठमाडौ उपत्यकामा ५ दशमलव ९ मिलीलीटर वर्षा भएको छ । राति पानी परे पनि काठमाडौ उपत्यकाको मौसम अहिले खुलेको छ ।

साँझपख भने उपत्यकासँगै मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमी पहाडी क्षेत्रमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

बुधबार र बिहीबार पश्चिममा पश्चिमी वायु तथा मध्य तथा पूर्वमा विकास भएको न्यूनचापीय प्रणालीको कारणले देशको मौसममा बदली भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement