कस्ताे रहला आजकाे माैसम? यस्ताे छ पूर्वानुमान


काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ ।

आज दिउँसो कोसी, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement