बुधबारकाे माैसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

पहाडी भूभागमा आंशिक बदली छ। केही दिनयता देशभर चिसो बढेको छ भने तराईमा हुस्सु देखिन थालेको छ ।

दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । राति बागमती र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ ।

बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement