मास्कमा पनि बिचौलिया

मास्कमा पनि बिचौलिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ। नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ। यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन्।

श्रंशु फार्मेसीका सञ्चालक शुभमान श्रेष्ठका अनुसार विगतमा मास्क खरिदकर्ताहरू फाट्टफुट्ट थिए। अहिले एउटै व्यक्तिले दर्जन बढी मास्क माग गर्छन्। उनी भन्छन, ‘हामीबाट खरिद गर्ने र बाहिर तेब्बर बढी मूल्यमा बिक्री हुन थालेको पाएपछि ठूलो परिमाणमा बेच्न छाडें।’

तीनदेखि पाँच रुपैयाँ पर्ने साधारण मास्कलाई बजारमा १५ रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ। नेपालमा सामान्य खालको मास्क बन्छ। त्यही मास्कको पनि माग उच्च छ। चीनबाट समेत मास्कको माग आइरहेको विक्रेता बताउँछन्। ‘बनेपास्थित विक्रेताको ठेगाना दिँदै चिनियाँ कम्युनिस्ट पार्टीका एक पोलिटब्युरो सदस्यले बीस हजारसम्म मास्क मगाएका छन्’, एक युवकले नाम उल्लेख गर्ने सर्तमा भने।

बजारमा मास्कको कृत्रिम अभाव सिर्जना गरिएको छ। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं शाखाका महासचिव समेत रहेका श्रेष्ठ भन्छन्, ‘हामीले पनि मागबमोजिमको मास्क पाएका छैनौं। कृत्रिम अभाव सिर्जना गरिएको छ।’ औषधि व्यवस्था विभागले मास्क, ग्लोभ्स र ह्यान्ड सेनिटाइजरको पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ। मौज्दात नराखी निर्यात नगर्न÷नगराउन रसायन तथा आपूर्ति संघलाई निर्देशन दिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए।

उनले भने, ‘ती वस्तुको मौज्दातको विवरण जानकारी दिन पत्राचार गरे पनि जवाफ आएको छैन।’ तीन दिनभित्र मास्क उत्पादकको क्षमता र मौज्दातको विवरण विभागमा पठाउन अघिल्लो शुक्रबार पत्राचार गरे पनि आपूर्ति संघले विवरण पठाएको छैन। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।