माओवादीमा पार्टी एकताबारे नेताहरु बिभाजित–पोलिटब्युरो बैठक बोलाइयो


काठमाडौं– माओवादी केन्द्रमा पार्टीका शिर्ष नेताहरुलाई जानकारी नै नदिई पार्टी एकता गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्णयको चर्को विरोध भएको छ । माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री जनार्दन शर्मालाई मात्र जिम्मा दिएर माओवादी पार्टी विघठन गर्न खोजेको भन्दै बिवाद बढेको हो । 

 

 

 

 

माओवादी नेताहरु कृष्णबहादुर महरा,वर्षमान पुन, टोपबहादुर रायामाझि, गोपाल किराती र मातृका यादवलगायतले पार्टीमा छलफल नगरी एकता गर्ने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै असन्तुष्ट छन् । उनिहरुले पार्टी एकताजस्तो महत्वपुर्ण निर्णय गर्दा नेतृत्वले एक शब्द पनि नसोधेको भन्दै असन्तुष्टी जनाएका हुन ।

 

 

 

 आगामी निर्वाचनमा एमालेसहितका बामपन्थीसंग तालमेल गर्ने र एउटै कम्युनिष्ट केन्द्र बनाउने निर्णय सहि भएपनि पार्टीमा त्यसबारेमा प्रयाप्त छलफल हुनुपर्ने उनिहरुको धारणा छ । नेताहरु गोपाल किराती र मातृका यादवले एमाले पहिचान विरोधी पार्टी भएको भन्दै एमालेसंग एकता गर्ने निर्णय नै बेठिक भएको बताउदै आएका छन् ।

 

 

माओवादीमा कुनै छलफल विना नै एमालेसंग पार्टी एकता गर्न खोजेको भन्दै कार्यकर्ताहरुले नेतृत्वको चर्को आलोचना गरेका छन् । पार्टीमा बिवाद बढेपछि माओवादीले विकसित पछिल्लो राजनितिक घटनाक्रम र प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल गर्न पोलिटव्युरो बैठक बोलाएको छ ।

 

 माओेवादी प्रवक्ता पम्फा भुसालकाअनुसार माओवादी केन्द्रले आगामी असोज २१ गते पोलिटब्युरो बैठक बोलाएको हो । बैठकमा एमाले र  नयँशक्तिसंग चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने तीन पार्टीको निर्णय बारेमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement