माओवादी सहमतिबाट पछि हट्यो : राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने निर्णय


काठमाण्डु-  नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयल पेरिस डाँडामा बिहीबारदेखि जारी स्थायी समिति बैठकमा नेताहरुले राष्ट्रपति निर्वाचनको हकमा सहमतिमा जोड दिएका हुन् ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने आवाज उठेको जानकारी दिए ।

उनले राष्ट्रपतिको हकमा सहमति गरेर जाने विषयमा नेताहरुको धारणा आएको भन्दै एमालेसहितको राष्ट्रीय सहमति हुने बताए । महराले एमालेलाई धोका नदिएको भन्दै राष्ट्रपतिको निर्वाचनबारे अरु पार्टीहरुसंग समेत छलफल हुने दावी गरे ।

यसअघि एमाले र माओवादीको बीचमा प्रधानमन्त्री माओवादी केन्द्र र राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको थियो । प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहालको पक्षमा मतदान गरेसंगै उनको बोली फेरिएको हो ।

राष्ट्रपतिमा सहमति खोज्ने माओवादी निर्णयसंगै माओवादी केन्द्र र एमालेबीच सम्बन्ध चिसिएको छ । माओवादी प्रवक्ता महराकाअनुसार राष्ट्रपतिको चुनाव फागुन २६ देखि २८ भित्र गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement