पार्टी एकताको निर्णय गर्न एमाले र माओवादी आन्तरीक छलफलमा जुटे


काठमाडौं– पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमालेले आज स्थायी समितिको बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजि निवास बालकोटमा बैठक  दिउंसो २ बजेको लागी तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

 

 

पार्टी एकताको विषयमा आइतबार सांझ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच झन्डै डेढ घण्टा छलफल भएको थियो ।

 

 

दुई नेताबीच भएको बैठकमा पार्टी एकता गर्नको लागी दुई वटा कार्यदल गठन गरी अघि बढ्ने सहमति भएको थियो । एमालेका सचिव भट्टराईले स्थायी कमिटीको बैठकमा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताए ।

 

 

यता, मंगलबार नै एमालेसंग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रका शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । पार्टी एकताको विषयमा छलफल गर्न पार्टी मुख्यालय पेरिसडांडामा केन्द्रिय कार्यालयको बैठक बसिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस
Advertisement