एमसीसीबारे नेताहरुबीच मतभेद, अमेरिकाले भन्योः ‘फिलिङ रेडी’


काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रकम लिने कि नलिने भन्नेमा दलका नेताहरुबीच मतभेद रहेका बेला अमेरिकाले भने सक्रियता देखाएको छ । मंगलबार नेपालस्थित अमेरिकी दूतावासले ‘फिलिङ रेडी’ फेसबुक पोष्ट गरेको हो ।

दूतावासले सो परियोजनाबाट बन्ने विद्युत प्रशारण लाइन र सबस्टेशन निर्माण परियोजनाले छुने १० जिल्लाका ३० स्थानीय तहमा सार्वजनिक सुनुवाई सम्पन्न भएको जनाएको छ । त्यसका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल टिमलाई धन्यवाद समेत दिएको छ ।

दूतावासले फेसबुकमा एमसीसीमार्फत ५०० मिलियन डलर, झन्डै ५५ अर्ब रुपैयाँ र नेपाल सरकारको १३० मिलियन डलर अर्थात झन्डै १५ अर्ब गरी ६३० मिलियन डलरको लागतमा बन्ने परियोजनाहरूमा सहयोग गर्न पाउँदा गौरव महशुस भएको जनाएको छ । दूतावासले ती कार्यक्रमहरू जवाफदेहिता,पारदर्शिता, तथा पारस्परिक समृद्दिको सिद्दान्तहरूमा आधारित हुने पनि बताएको छ ।

एमसीसी सहयोग परियोजना इन्डोप्यासिफिक रणनीति अन्तर्गत आएको सहयोग भन्दै सत्ताधारी दल नेकपाका नेताहरु नै पक्ष विपक्षमा रहेका छन् । संसदमा पेस गरेर पारित गर्नुपर्ने प्रावधान रहेको सो सहयोग परियोजना आगामी प्रतिनिधिसभामा पेश गर्ने सरकारको योजना छ । सत्तारुढ दल नेकपाका केही नेताहरुले एमसीसी न्पालमा भित्र्याउन नहुने भन्दै सरकारको आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement