एमसीसी बोर्ड बैठकः हालसम्मको प्रगतिको समीक्षा, सरकारले संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएको खुलासा


काठमाण्डु– मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बोर्ड बैठकमा नेपालको हालसम्मको प्रगतिबारे समीक्षा भएको छ । एमसीसी अमेरिकामा मंगलबार बसेको बोर्ड बैठकमा एमसीसी—नेपाल कम्प्याक्टको अवस्था र हालसम्म भएका प्रगतिबारे छलफल भएको थियो ।

एमसीसीले नेपाललाई दिएको अनुदान सहयोग रद्द गर्ने समाचार प्रकासित भइरहदा बोर्ड बैठकले केही समय कुर्ने निर्णय गरेको हो ।

एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ ‘नेपाल सरकारले निकट भविष्यमा ५ सय मिलियन अमेरिकी डलर अनुदान सहयोगलाई अनुमोदन गर्ने भनि आएको प्रतिवद्धतालाई ध्यानमा राखेको छ ।’

एमसीसीको विज्ञप्तिलाई आधार मान्ने हो भने सरकारले एमसीसी मुख्यालयलाई एमसीसी चांडै संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता जनाएको बुझिन्छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न आफु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेका खुलासा गरेका थिए ।

सरकारले यसअघि पुष २८ मा संसद बैठक समेत बोलाएको थियो । तर, उक्त बैठकमा एमसीसीको कार्यसूची भने थिएन । यद्यपी संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको थियो । नेपालको संसदबाट एमसीसी कम्प्याक्ट अनुमोदनका लागि अमेरिकाले पटक पटक ताकेता गरेको थियो ।

यो बीचमा अमेरिकाबाट अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु समेत नेपालको भ्रमणमा आएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख पार्टीका नेताहरुलाई भेटेर एमसीसीलाई संसदबाट पारित गर्न अनुरोध गरेका थिए ।

MCC’s Board of Directors received an update and discussed the progress to date of the $500 million MCC-Nepal Compact. The Board of Directors made note of the commitment by the Government of Nepal to seek to ratify the compact in the near term.

प्रतिक्रिया दिनुहोस
Advertisement