एमसीसी पारित हुने भएपछि माओवादी अध्यक्ष प्रचण्ड र चिनियां कम्युनिष्ट पार्टीका विदेश प्रमुखबीच छलफल


काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सोङ ताओसंग छलफल गरेका छन् । शनिवार दुवै नेताहरुबीच भिडियो कन्र्फेन्समार्फत कुराकानी भएको माओवादी स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गराउन छलफलमा जुटेका बेला ताओ र दाहालबीच छलफल भएको हो । चिनियां विदेश कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुखसंगको भिडियो संवादलाई माओवादी केन्द्रले गोप्य राखेको छ ।

प्रधानमन्त्री देउवाले पांच दलिय गठबन्धनको बैठकमा एमसीसी पारित गर्नैपर्ने बाध्यमा आफु रहेको बताएका थिए । उनले एमसीसी पास नभए गठबन्धन टुट्न सक्ने चेतावनी समेत दिएका छन् ।

माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी भने अहिलेकै अवस्थामा एमसीसी पारित नगर्ने अडानमा छन् ।

सत्तारुढ दलभित्र एमसीसी पारित गर्ने विषयमा बिवाद हुंदा संसद बैठक समेत अवरुद्ध भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी जसरी पनि पारित गर्नपर्ने अडान राखेपछि सभामुख अग्नी सापकोटालाई भनेर संसद बैठक १० दिनका लागी स्थगित भएको हो ।

अमेरिकाले एमसीसीको विषयमा फेब्रुअरी १ भित्र जवाफ दिन प्रधानमन्त्रीलाई दबाव दिएको स्रोत बताउंछ । प्रधानमन्त्री देउवाले दाहाल र नेपाललाई संसदबाट पारित गर्नुपूर्व संसदमा संकल्प प्रस्ताव लिएर नेपाल कुनै किसीमको सैन्य गठबन्धनमा सहभागी नहुने र आफ्नो भूमिलाई छिमेकीविरुद्ध प्रयोग गर्न नदिने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement