परराष्ट्रमन्त्री साउद र डोनाल्ड लुबीच भेटवार्ता,एमसीसी कार्यान्वयनबारे छलफल


काठमाण्डु – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदबीच भेटवार्ता भएको छ । शुक्रबार अपरान्ह मन्त्रालयमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदबीच भेटवार्ता भएको हाे ।

परराष्ट्रमन्त्री साउदसँग मन्त्रालयमा भएको भेटवार्ताका क्रममा लुले एमसीसी कार्यान्वयनबारे छलफल गरेका थिए ।

त्यसक्रममा सन् २०२६ मा नेपाल अल्प विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति हुने र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी तथा दुई मुलुकबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्रले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement