अमेरीकी राजदूतलाई प्रधानमन्त्रीले भने ‘एमसिसी तत्काल सुरु गर्नुहोस्’


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राजदुत अनाइना बि.टेप्लिजलाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना तत्काल सुरु गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् ।

नेपालको उर्जा र यातायातको सुदृढिकरणमा ६३० मिलेनियम अमेरिकी डलर लगानी गने  बाएको थियो । भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकोमा धन्यवाद ज्ञापन गरे ।

उनले अमेरिकी सरकारले नेपालको विकास लगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंशा समेत गरे । एमसिसी परियोजनाले नेपालको उर्जा र यातायातको सुदृढिकरणमा ६३० मिलेनियम अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल सुरु गर्न आग्रह गरेका हुन् ।

राजदुत टेप्लिजले नेपालको विकाश, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिवद्धता व्यक्त गरीन् । सरकारलाई नीतिगत सुधार,सुशासन,विकास र संरचनागत परिवर्तनमा शसक्त कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह समेत राजदुतले गरीन् ।
ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदुतको ध्यानआकर्षण गराएका थिए । ओलीले आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, शुसाशन, विकास र समृद्धिका लागि प्रतिवद्ध भएर लागिपर्ने समेत बताएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement