एमसीसी उपाध्यक्ष फातिमा र लोसपाका शीर्ष नेताबीच भेटवार्ता


काठमाण्डु – अमेरकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

चार दिने नेपाल भ्रमणको अन्तिम दिन आइतबार उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित होटेल मेरियटमा भेटवार्ता गरेकी हुन् । नेपाल बसाइबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहँदा उनले ठाकुर र महतोसँग भेटवार्ता गरेकी हुन् ।

गत बिहीबार काठमाण्डु आएकी उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement