मासु खाँदै हुनुहुन्छ? यी कुरा ख्याल गर्नुस्


काठमाडौं – दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत रहन आग्रह गरेका छन् । मानिसहरुको शरीरलाई मासुले राम्रो पटक्कै गर्दैन। नयाँ अनुसन्धानहरु मासुमा पाइने प्रोटिन स्वास्थ्यको लागि खतरनाक हुने बताउँछन् ।

‘अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन’मा प्रकाशित एक खोजमा वनस्पति प्रोटिनको सेवन गर्न भन्दा प्राणीको शरीरमा पाइने (अर्थात मासु तथा डेरी उत्पादनमा पाइने) प्रोटिन सेवन गर्ने बढी मृत्युको जोखिममा हुने उल्लेख गरिएको छ। अधिकतम मासु सेवन गर्नेहरुमा टाइप २ मधुमेह, मटु सम्बन्धि रोग वा क्यान्सर बढी देखिएको छ। जसले आफ्नो प्रोटिनको स्रोत मासु बनाउँछ, अन्यको तुलनामा उ २३५ बढी मृत्युको जोखिममा हुन्छ।

चिकित्सकहरुमात्र नभएर खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो हानिकारक हुन्छ भन्ने बारेमा मानिसहरु जानकार हुँदैनन् । यसले पनि स्वास्थ्यमा जोखिम निम्त्याउँछ ।

अमेरिकी मेडिकल जर्नल बि.एम.जेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ । रातो मासु खाँदा मानिसको औषत आयु घटाउने पनि अध्ययनले निष्कर्ष निकालेको छ । दैनिक आधा केजी रातो मासु खाँने व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउने अध्ययनले देखाएको छ।

रेड मिट राम्रो कि ह्वाइट मिट
रेड र ह्वाइट दुवै मासु प्रोटिनले भरिपूर्ण हुन्छ। ह्वाइट मासुमा भन्दा रेड मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ। ह्वाइट मासुको तुलनामा रेड मासुमा बढी चिल्लो पदार्थ हुन्छ, यसले कोलेस्टेरोल हाई गर्छ। मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रेड मासु नदिनु नै उपयुक्त मानिन्छ।

रेड मासुको तुलनामा ह्वाइट मासुमा चिल्लो पदार्थ कम हुन्छ। ह्वाइट मासु आवश्यक मात्रामा खानु उपयुक्त मान्न सकिन्छ। बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ।  यदि दीर्घ रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई रेड मासु उपयुक्त हुँदैन। मुटुको रोगी, गाउटका बिरामी, किड्नीका बिरामीलाई रातो मासु उपयुक्त हुँदैन।

मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ ?
हामीले जनावरको टाउकोदेखि पुच्छरसम्मका सबै अंगको मासु खाइरहेका हुन्छौं। तर, त्यस्तो मासु खाँदा कसरी खाइराखेका छौँ त्यसमा ध्यान दिनुपर्छ। हामीले खाने गरेका सबै अंगको मासु शरीरका लागि स्वास्थ्य कर छन् त ?  जनावरको मुटु–कलेजो खाँदा विचार र्पुयाउनुपर्छ। त्यस्तो अंगको मासु धेरै पोषिलो हुनुका साथै भिटामिन र खनिज पदार्थ पाइन्छ। तर यस्तो मासु बनाउने तरिका कस्तो छ र हामीले केसँग खाँदैछौँ त्यसमा ध्यान दिनुपर्छ।

हामीले त्यस्तो अंगको मासु स्वादको निमित्त फ्राई गरेर खाने गर्छौं। एक त त्यस्तो मासु चिल्लो हुन्छ, त्यसमाथि फ्राई गरेर खाँदा चिल्लो पदार्थ झन् थपिने गर्छ। त्यस्तो मासु पेय पदार्थसँग खाँदा पनि स्वास्थ्यलाई हानि र्पुयाउँछ।

मासु खाँदै हुनुहुन्छ? यी कुरा ख्याल गर्नुस्
दसैँको रौनक घरसम्म आइपुगेको छ। दसैँका लागि घरजाने क्रम सुरु भएको छ। रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ। दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ। दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन्। तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ। खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँंका समयमा अस्पतालमा पुग्ने गरेका छन् ।

दसैँको रौनक घरसम्म आइपुगेको छ। दसैँका लागि घरजाने क्रम सुरु भएको छ। रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ। दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ। दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन्।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement